Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

आज  सिद्धार्थ प्रिमियर इन्सुरेन्स र स्वरोजगार लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन


नया सडक

२०८०, फागुन १० बिहीबार

  • 870
    Shares

  • आज  सिद्धार्थ प्रिमियर इन्सुरेन्स र स्वरोजगार लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

    काठमाडौं  । सिद्धार्थ प्रिमियर इन्सुरेन्स र स्वरोजगार लघुवित्तको लाभांश सुरक्षित गर्ने आज बिहीबार फागुन १० गते अन्तिम दिन हो । सिद्धार्थ प्रिमियर इन्सुरेन्सले साधारण सभा प्रयोजनको लागि शुक्रबार फागुन ११ गते बुक क्लोज गर्दैछ । स्वरोजगार लघुवित्तले सभा प्रयोजनका लागि फागुन १३ गते बुक क्लोज गर्दै छ । फागुन ११ र १२ गते शुक्रबार र शनिवार परेकाले सेयर कारोबार हुँदैन ।
    सिद्धार्थ प्रिमियर इन्सुरेन्सले गत वर्षको नाफाबाट ११ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । यस कम्पनीले लाभांश पारित गर्न फागुन ३० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा लिसारा रिसेप्सन, भगवती बाहाल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
    स्वरोजगार लघुवित्तले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर सहित प्रयोजनको लागि ०.३६८ प्रतिशत नगद गरी कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले फागुन २६ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा नेपाल हाउस हात्तीसार, काठमाडौंमा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ । 

    प्रतिक्रिया दिनुहोस