Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

 नेरुडे लघुवित्तको साधारण सभा फागुन ११ गते


नया सडक

२०८०, फागुन १० बिहीबार

  • 849
    Shares

  •  नेरुडे लघुवित्तको साधारण सभा फागुन ११ गते

    काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको भोलि बिहीबार फागुन ११ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव रहेको छ । कम्पनीले यसअघि नै लाभांश वितरण नगर्ने घोषणा गरिसकेकाले सभामा लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश हुने छैन । कम्पनीले अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । हाल नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तबीचको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस