Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

सामुदायिक र बीपीडब्लु लघुवित्त मर्ज भएर फागुन २४ बाट एकीकृत कारोबार सुरु हुँदै


नया सडक

२०८०, फागुन १० बिहीबार

  • 855
    Shares

  • सामुदायिक र बीपीडब्लु लघुवित्त मर्ज भएर फागुन २४ बाट एकीकृत कारोबार सुरु हुँदै

    काठमाडौं । सामुदायिक र बीपीडब्लु लघुवित्त एक आपसमा मर्ज भएर फागुन २४ गतेबाट एकीकृत कारोबार सुरु हुने भएको छ । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले माघ २४ र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन ८ गते अन्तिम स्वीकृति दिइसकेको छ । यस्तै, धितोपत्र बोर्डले पनि बुधबार (फागुन ९ गते) बोर्डले मर्जरका लागि स्वीकृति दिएको हो । दुवै एक भएपछि ‘सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट एकीकृत कारोबार हुनेछ । दुवै कम्पनी १ः०.८५३५ सेयर स्वाप अनुपातमा मर्ज भएर एकीकृत कारोबार सुरु गर्न लागेका हुन् । मर्जरपछि बन्ने संस्थाको केन्द्रीय कार्यालय बनेपा नगरपालिका वडा नं १४ मा रहने छ । सामुदायिक र बीपीडब्लु लघुवित्तबीच मर्जरको लागि कात्तिक २ गते अन्तिम सम्झौता सम्पन्न भएको थियो । यसअघि असोज ३० गते सम्पन्न दुवै लघुवित्तको विशेष साधारण सभाले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरेका थिए । 

    प्रतिक्रिया दिनुहोस