Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

तीन मन्त्रीको राजीनामा माग्दै एमालेद्वारा सदन अवरुद्ध, सभामुखको रुलिङपछि सदन खुला


नया सडक

२०८०, फागुन १० बिहीबार

  • 795
    Shares

  • तीन मन्त्रीको राजीनामा माग्दै एमालेद्वारा सदन अवरुद्ध, सभामुखको रुलिङपछि सदन खुला

    काठमाडौँ । नेकपा माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको मौजुदा सरकारका तीन मन्त्रीको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले प्रतिनिधिसभा बैठकका कारबाही अवरुद्ध गरेका छन् । आफूहरूले उठाएको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने र आवश्यक कारबाही गर्नुपर्ने भन्दै एमालेले बैठक अवरुद्ध पारेको हो ।

    यसअघि बिहीबारको प्रतिनिधिसभा बैठकमा एमाले सांसद रघुजी पन्तले तीन मन्त्रीलाई कारबाही गर्नुपर्ने माग गरेका थिए । पन्तले स्वास्थ्य मन्त्री मोहन बस्नेत, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र पर्यटन मन्त्री सुदन किरातीको माग गरेका थिए  ।

    बस्नेत भ्रष्टाचार प्रकरणमा मुछिएर अख्तियारमा बयान दिन गएको, किरातीले ल्यारक्याल लामाको गलत कार्यलाई सघाएको तथा ज्वाला बालकुमारी घटनाको मुख्य दोषी भएकाले उनीहरूलाई पदबाट हटाइनुपर्ने एमालेले माग गरेको छ ।

    यसैबीच सभामुख देवराज घिमिरेले आफूले फागुन ६ गते नै यसबारे स्पष्ट रुलिङ गरिसकेको र यो विषयमा जवाफ दिन फेरि सरकारलाई रुलिङ गरेपछि एमाले सांसदहरुले अवरोध खोल्न सहमति जनाए । अवरोध खुला भएपछि शुन्य समयको कारबाही सुरु हुन पुगेको हो ।

     

    प्रतिक्रिया दिनुहोस