काठमाडौं ।आज नेप्से २०.७६ अंकले घटेर २००५.८३ विन्दुमा आएको छ । आज ३ अर्ब २० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । समाज लघुवित्तमा सकारात्मक सर्किट लागेको छ । यस दिन ३०९ कम्पनीको ९५ लाख १८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १४ करोड ८७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ ।आज दोस्रो र तेस्रो स्थानमा क्रमशः गोर्खाज फाइनान्स र जोशी हाइड्रोपावर रहेका छन् ।