Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

घूस लिएको अभियोगमा मुद्दा दायर


नया सडक

२०८०, फागुन ११ शुक्रबार

  • 957
    Shares

  • घूस लिएको अभियोगमा मुद्दा दायर

     

    काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादव र मालपोत कार्यालय ललितपुरका नासु प्रदीप पौडेल पाँचजनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

     

    जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाणपत्र पुर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग रु दुई लाख ५० हजार बराबर घूस लिँदै गरेको अवस्थामा गत माघ ९ गते पक्राउ गरिएको थियो । आयोगले सर्वेक्षक बस्नेत र नासु अधिकारीविरुद्ध रु दुई लाख ५० हजार बराबरको बिगो दाबी गरेको छ ।

     

    त्यसैगरी, आयोगले विचौलिया विनोद अधिकारी, लेखापढी व्यवसायी आशीषराज बस्नेत र दिनेश बञ्जाराविरुद्ध  पनि मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो । रासस

    प्रतिक्रिया दिनुहोस