Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

मिटरब्याज पीडितहरुलाई सरकारले वार्ताका लागि बोलायो, सहसचिव नेतृत्वमा वार्त टोली गठन


नया सडक

२०८०, फागुन १३ आइतबार

  • 651
    Shares

  • मिटरब्याज पीडितहरुलाई सरकारले वार्ताका लागि बोलायो, सहसचिव नेतृत्वमा वार्त टोली गठन

    काठमाडौं । सरकारले आन्दोलनरत मिटरब्याज पीडितलाई वार्तामा आउन आह्वान गरेको छ । गृह मन्त्रालयले आइतबार काठमाडौं केन्द्रित आन्दोलनरहत मिटरब्याज पीडितहरुलाई वार्ताको लागि बोलाएको हो । वार्ताको लागि मन्त्रालयले सहसचिव रुद्र प्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । यसअघि मन्त्रालयले आजै मिटरब्याज तथा ठगीविरुद्ध किसान मजुदर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहालाई सम्बोधन गरेर वार्तामा आउन पत्र पठाएको थियो ।  व्यक्तिगत रुपमा सम्बोधन गरेर पत्र पठाएको भन्दै छलफलमा नजाने निर्णय समितिले गरेको थियो । 

    प्रतिक्रिया दिनुहोस