काठमाडौं । आज प्रतिनिधि सभा बैठक (फागुन १४ गते) बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । प्रतिनिधि सभामा सरकारले प्रि–बजेट छलफलका लागि आगामी आर्थिक वर्ष २०८१-८२ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसद्मा प्रस्तुत गर्दैछ ।