काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले चैत २९ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा कालिमाटी ब्यांकेट, कालिमाटीमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव अघि सारेको छैन । चुक्ता पुँजीमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव भने पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । साधारण सभा प्रयोजनका लागि यस कम्पनीले चैत ७ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, चैत ६ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन पाउनछन् ।