Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेश


नया सडक

२०८०, फागुन १४ सोमबार

  • 654
    Shares

  • विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेश

    काठमाडौँ । विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७९/८० सङ्घीय संसद, राष्ट्रियसभा समक्ष पेश गरिएको छ ।
     
     सभाको आजको वैठकमा समितिका सभापति जयन्तीदेवी राईले प्रतिवेदन पेश गर्दै प्रतिवेदनबारे सभालाई जानकारी गराउनुभएको थियो ।सभापति राईले एक वर्षमा समितिको जम्मा ५४ वटा वैठक सम्पन्न भएको जानकारी दिनुभयो । त्यसैगरी राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती) ले ‘राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८०’ सभा समक्ष पेश गर्नुभएको थियो ।
     
     राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनुभयो । रासस

    प्रतिक्रिया दिनुहोस