Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तले फागुन २४ गतेदेखि एकीकृत कारोबार गर्दै


नया सडक

२०८०, फागुन १४ सोमबार

  • 702
    Shares

  • सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तले फागुन २४ गतेदेखि एकीकृत कारोबार गर्दै

    काठामडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २४ गतेदेखि एकीकृत कारोबार शुरू गर्ने भएका छन् । मर्जरसम्बन्धी प्रस्ताव दुवै कम्पनीहरूको असोज ३० गते सम्पन्न अलगअलग बसेको विशेष साधारण सभाबाट पारित भएको थियो ।

    नेपाल राष्ट्र बैंकले माघ २४ गते र नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयबाट फागुन ८ गते मर्जरका लागि स्वीकृति प्राप्त भएसँगै यी दुई कम्पनीले एकीकृत कारोबार शुरू गर्न लागेका हुन् । नेपाल धितोपत्र बोर्डबाट भने फागुन ९ गते अन्तिम स्वीकृति प्राप्त भएको जानकारी कम्पनीहरूले दिएका छन् । मर्जरपश्चात् बन्ने कम्पनीको केन्द्रीय कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा कायम रहनेछ ।

    एकीकृत कारोबार गर्दा दुवै कम्पनीको तथ्याङ्क एउटै सफ्टवेयरबाट वित्तीय कारोबार गर्नुपर्ने व्यवस्था मिलाउनुपर्ने भएकाले फागुन २३ गते दुवै कम्पनीको सम्पूर्ण कारोबार बन्द रहने जानकारी कम्पनीहरूले दिएका छन् । 

    प्रतिक्रिया दिनुहोस