Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

बजेटको सिद्धान्त र प्राथमिकतामाथि फागुन २१ देखि छलफल हुने


नया सडक

२०८०, फागुन १४ सोमबार

  • 828
    Shares

  • बजेटको सिद्धान्त र प्राथमिकतामाथि फागुन २१ देखि छलफल हुने

    काठमाडौँ । आर्थिक वर्ष २०८१र८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा यही फागुन २१ गतेदेखि छलफल हुने भएको छ ।

         प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्ताव बाहेक० प्रस्तुत गर्नुभएको थियो । उक्त विषयमा यही फागुन २१ गतेदेखि छलफल हुने भएको हो ।

         सभामुख देवराज घिमिरले आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल यही फागुन २१, २२, २३, ३० र आगामी चैत १, २ र ४ गते दिनहरु तोक्नुभएको छ । उक्त छलफलमा दलीय प्रतिनिधित्वका आधारमा भाग लिन सम्बधित संसदीय दलका पदाधिकारीहरुले आ-आफ्ना दलका बक्ता सदस्यहरुको नाम एक बैठक बस्नु एक घण्टा अघि नै नाम सङ्घीय संसद सचिवालयमा टिपाउन बैठकमा जानकारी गराउनुभयो ।

        बैठकमा सङ्घीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले राष्ट्रियसभामा उत्पति भएको ‘विधायनसमबन्धी विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्नुभयो ।

         प्रतिनिधिसभाको अर्को बैठक यही फागनु १८ गते ११ बजे बस्नेछ ।रासस

    प्रतिक्रिया दिनुहोस