Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

उपनिर्वाचनको कार्यतालिका सार्वजनिक


नया सडक

२०८०, फागुन १४ सोमबार

  • 693
    Shares

  • उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

     

    काठमाडौँ ।  निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा रिक्त इलाम क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य (क) को उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

     

    आयोगका सहायक प्रवक्ता डा थानेश्वर भुसालद्वारा आज जारी विज्ञप्तिमा यही फागुन १६ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरी २०८० चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ । सो उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ताका लागि यही फागुन २४ देखि ३० गतेसम्मको म्याद दिइ सूचना प्रकाशन गरिनेछ । 

     

    प्रतिनिधिसभामा इलाम–२ बाट निर्वाचित सुवासचन्द्र नेम्वाङ र बझाडबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएकाले उक्त पद रिक्त थियो ।

     

    यस्तै आगामी २२ गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी चैत २४ गतेदेखि २७ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ । निर्वाचन कार्यक्रमअनुसार चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता र चैत २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न वितरण गरिनेछ । यस्तै चैत २८ गतेदेखि २०८१ वैशाख १२ गतेसम्म प्रचारप्रसारको अवधि रहनेछ । आयोगले सरकारसँगको परामर्शमा आगामी २०८१ वैशाख १५ गते सोमबारका दिन निर्वाचनको मिति तोकेको थियो ।रासस

    प्रतिक्रिया दिनुहोस