काठमाडौं । सर्वोत्तम सिमेन्टको आइपीओमा आवेदन दिने आज बुधबार फागुन १६ गते अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् । पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई आइपीओ जारी गरेको यस कम्पनीको आइपीओमा मंगलबार बिहान १० बजेसम्म १० अर्ब २२ करोड ३४ लाख ३४ हजार ४४९ रुपैयाँ बराबरको आवेदन परेको सीडीएस एन्ड क्लियरिङ लिमिटेडको तथ्यांकले देखाएको छ । सीडीएसका अनुसार ५ लाख २४ हजार ७८ जनाले २ करोड ८३ लाख २७ हजार ६१० कित्ताका लागि आवेदन दिइसकेका छन् । यो मागभन्दा १०.२० गुणा बढी हो ।