Logo

May 16 2024 | २०८१, जेठ ३गते

images

हुम्लाको अदानचुली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर


नया सडक

२०८०, फागुन १६ बुधबार

  • 423
    Shares

  • हुम्लाको  अदानचुली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं । विशेष अदालतमा हुम्लाको अदानचुली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलप्रसाद पाण्डेसहित ११ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अदानचुली प्रमुख प्रशासकीय अधिकृत पाण्डेसहित ११ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    images

    सो मुद्दामा इन्जिनियर मकर ध्वज शाही, सब(इन्जिनियर जयराम छत्याल, योजना शाखामा समेत कार्यरत खानेपानी तथा सरसफाई टेक्निसियन मंगल भण्डारी, तत्कालीन लेखापाल दिपक नेपालीको नाम छ ।

    उनीहरूले अदानचुली गाउँपालिका, हुम्लासँग भएको सम्झौता विपरीतको कार्य गरी फिल्डमा वास्तविक भएको भन्दा नापी किताब, उपभोक्ता सम्बन्धी बिल र कार्यसम्पन्न प्रतिवेदनमा बढी काम भएको मूल्यांकन गराएको अख्तियारले अभियोग पत्रमा उल्लेख गरेको छ ।

    यसैगरी  अदानचुली गाउँपालिका वडा–३ का वडाध्यक्ष दत्त विष्ट, उप(प्रमुख सौमति रावल ऐडी, अनुगमन समिति सदस्य मान बहादुर टमटा भन्ने मान्या टमटा र धनसरा टमटा पनि  अख्तियारले दायर गरेको मुद्दाका सामेल छन् ।

     

    प्रतिक्रिया दिनुहोस