Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

उपनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक हुँदै


नया सडक

२०८०, फागुन १६ बुधबार

  • 582
    Shares

  • उपनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक हुँदै

    काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८० स्वीकृत गरेको छ ।
         
    कार्यक्रमअन्तर्गत आयोगले यही फागुन २८ गते मतदाता नामावली आगामी चैत २२ गते अद्यावधिक गरी तयार गरिएको अन्तिम मतदाता नामावली प्रकाशन गर्नेछ । इलाम क्षेत्र २ को प्रतिनिधिसभा सदस्य र बझाङ (क) को प्रदेशसभा सदस्यको रिक्त पदमा उपनिर्वाचनको मिति निर्धारण भएको छ ।
        
    आयोगले मतदाता नामावलीमा रहेका त्रुटि सच्च्याउन, दोहोरो नाम हटाउन, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन र झुठा विवरण दिई नाम समावेश भएको भए उजुरी दिन यही फागुन २९ गतेदेखि आगामी चैत ५ गतेसम्मको अवधि निर्धारण गरिएको छ ।

    प्राप्त निवेदन, सूचना र उजुरीउपर कानुनबमोजिम छानबिन गरी मतदाता नामावली अद्यावधिक गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।रासस

    प्रतिक्रिया दिनुहोस