Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

 आज सिंगटी हाइड्रो इनर्जीको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने अन्तिम दिन


नया सडक

२०८०, फागुन २२ मंगलबार

  • 780
    Shares

  •  आज सिंगटी हाइड्रो इनर्जीको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने अन्तिम दिन

    काठमाडौं । सिंगटी हाइड्रो इनर्जीको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज मंगलबार फागुन २२ गते अन्तिम दिन रहेको छ  । यसमा आवेदन दिन सकिने बिक्री प्रबन्धक कुमारी क्यापिटलले जानकारी गराएको छ । सिंगटी हाइड्रोले फागुन २ गतेदेखि शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले १ः१ अनुपातमा १ करोड ४५ लाख कित्ता सेयर बिक्री खुला गरेको हो । जसअनुसार यसले १ सय अंकित मूल्यमा १ अर्ब ४५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ । यस हकप्रद सेयरको लागि कम्पनीले पुस २२ गते बुक क्लोज गरिसकेको छ ।  पुस १९ गतेसम्म कायम लगानीकर्ताले सेयर दाबी गर्न पाउनेछन् । 

    प्रतिक्रिया दिनुहोस