काठमाडौं । आज नेप्से ७०.३१ अंकले घटेर २००७.६९ विन्दुमा आएको छ ।आज ४ अर्ब ११ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् ।
यस दिन ३१६ कम्पनीको १ करोड १४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४१ करोड ९१ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सोना मिनरल्स एन्ड आयल लिमिटेड परेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र घोराही सिमेन्ट्स परेका छन् ।