काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १:१ अनुपातमा ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको छ । हाल यस हाइड्रोपावरको चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार रुपैयाँ रहको छ ।