Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

 हिमालयन एभरेष्ट ,जीवन विकास र युनाइटेड अजोडको बोनस सेयर  नेप्सेमा सूचीकृत 


नया सडक

२०८०, फागुन २४ बिहीबार

  • 837
    Shares

  •  हिमालयन एभरेष्ट ,जीवन विकास र युनाइटेड अजोडको बोनस सेयर  नेप्सेमा सूचीकृत 

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हिमालयन एभरेष्ट इन्सुरेन्स, जीवन विकास लघुवित्त र युनाइटेड अजोड इन्सुरेन्स लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ ।
    जीवन विकास लघुवित्तको १६ लाख ५४ हजार ८४७ कित्ता बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ । यसले वितरण गरेको १४ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो । युनाइटेड अजोड इन्सुरेन्सको १९ लाख ५४ हजार ३२० कित्ता बोनस सेयर सूचीकृत भएको छ । यसले सेयरधनीलाई १०.२६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। 
    हिमालयन एभरेष्टको १९ लाख ८६ हजार २२४ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यसले सेयरधनीलाई गत वर्षको नाफाबाट वितरण गरेको ८.६३ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो । 

    प्रतिक्रिया दिनुहोस