Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

सर्वोत्तम सिमेन्टको आइपीओ बाँडफाँट


नया सडक

२०८०, फागुन २५ शुक्रबार

  • 816
    Shares

  • सर्वोत्तम सिमेन्टको आइपीओ बाँडफाँट

    काठमाडौं । सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट सर्वसाधारणलाई जारी गरेको आइपीओ शुक्रबार ९फागुन २५ गते० बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत ५५ हजार ५२१ जनाले सेयर हात पारेका छन् । जसमध्ये २६ जनाले ५१ कित्ता र बाँकीले ५० कित्ताका दरले सेयर पाएका हुन् । सर्वोत्तमको आइपीओमा ९ लाख ६० हजार ३०१ जनाले आवेदन दिएकामा १ हजार ३४२ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी गराएको छ ।
    लगानीकर्ताले सर्वोत्तम सिमेन्टको वेबसाइट र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइटबाट आइपीओ नतिजा हेर्न सक्नेछन् । यस्तै, सीडीएस एन्ड क्लियरिङले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइटबाट पनि नतिजा हेर्न सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस