Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

महाशिवरात्रि पर्वका अवसरमा हेटौँडाको पशुपति मन्दिरमा दर्शनार्थीको घुइँचो


नया सडक

२०८०, फागुन २५ शुक्रबार

  • 570
    Shares

  • महाशिवरात्रि पर्वका अवसरमा हेटौँडाको पशुपति मन्दिरमा दर्शनार्थीको घुइँचो

     

    बागमती । हिन्दूको महान् पर्व महाशिवरात्रि पर्वका अवसरमा हेटौँडामा रहेको पशुतिनाथ मन्दिरमा आज बिहानदेखि पूजापाठ गर्नेको घुइँचो लागेको छ ।

     

    हेटौँडा–४ स्थित हुप्राचोरमा रहेको सो मन्दिरमा पूजापाठका विभिन्न सामग्रीसहित महिला, बालबालिका, वृद्धवृद्धा तथा पुरुष बिहानदेखि पूजा गर्न लाम लागेका छन् । कडा सुरक्षा व्यवस्था रहेको सो मन्दिरको एक किलोमिटर अगाडिदेखि दुईतर्फी पूजा गर्ने लाम लागेको छ । मन्दिरमा हेटाँैडा बजारलगायत दुर्गम तथा ग्रामीण क्षेत्रका बासिन्दा आएका छन् ।

     

    चोखो भई आजको दिन उपवास गरी शिवमन्दिरमा गएर बेलपत्र, धतुर, पुष्पमाला, फूल, अक्षत दूध तथा दही, तिललगायत मिष्ठान र फलफूल चढाउनाले सुख, समृद्धि तथा आरोग्य र दीर्घायु प्राप्त हुने जनविश्वास रहेको छ । 

     

    मन्दिरमा भजन कीर्तनसमेत भइरहेको छ । आजको दिन हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थानमा रहेको शिव मन्दिरका साथै हेटौँडाका अन्य शिव मन्दिरमा पूजा गर्नेको घुइँचो लागेको छ ।रासस

    प्रतिक्रिया दिनुहोस