Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नेपाल राष्ट्र बैंकले २१ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने 


नया सडक

२०८०, फागुन २७ आइतबार

  • 603
    Shares

  • नेपाल राष्ट्र बैंकले २१ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने 

    काठमाडौं  । नेपाल राष्ट्र बैंकले २१ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । बैंकले २८ दिन, ९१ दिन र १ वर्षको लागि ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । मंगलबार फागुन २९ गते जारी हुने यस ट्रेजरी बिलका लागि आज आइतबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले २८ दिनको लागि ८ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो ।

    यो ट्रेजरी असोज चैत २७ गते परिपक्व हुनेछ । त्यस्तै, ९१ दिनका लागि ८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो ट्रेजरी २०८१ जेठ २९ गते परिपक्व हुनेछ ।ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस