Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

नेरुडे र मिर्मिरे लघुवित्तले  फागुन ३० गतेबाट एकीकृत कारोबार सुरु गर्ने


नया सडक

२०८०, फागुन २७ आइतबार

  • 594
    Shares

  • नेरुडे र मिर्मिरे लघुवित्तले  फागुन ३० गतेबाट एकीकृत कारोबार सुरु गर्ने

    काठमाडौं ।  नेरुडे र मिर्मिरे लघुवित्त एक आपसमा मर्ज भएर फागुन ३० गतेबाट एकीकृत कारोबार सुरु हुने भएको छ ।  नेपाल राष्ट्र बैंकले कम्पनीलाई एकीकृत कारोबार गर्न  फागुन  २१ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २२ गते अन्तिम स्वीकृति दिइसकेको छ ।

    नेपाल  धितोपत्र बोर्डले पनि कात्तिक २४ बोर्डले मर्जरका लागि स्वीकृति दिएको छ । दुवै संस्था मर्ज भएपछि ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था’को नामबाट कारोबार हुनेछ । दुवै कम्पनी १ः१ सेयर स्वाप अनुपातमा मर्ज भएर एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।

    प्रतिक्रिया दिनुहोस