Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

आगलागीमा ५० लाखको क्षति


नया सडक

२०८०, चैत ४ आइतबार

  • 543
    Shares

  • आगलागीमा ५० लाखको क्षति

     

    इनरुवा ।  सुनसरीको बर्जु गाउँपालिका–४ मा आज भएको आगलागीमा करिब रु ५० लाख बराबरको क्षति भएको छ ।

     

    स्थानीय विष्णुदेव पौदारको घरबाट अचानक आगलागी हँुदा १५ वटा घर जलेर नष्ट भई रु ५० लाख बराबरको क्षति भएको हो । आगलागीमा परेर स्थानीयको घर, घरभित्र रहेका विभिन्न फर्निचरका सामग्री, खाद्यान्न सामग्री, कपडालगायत सामग्री जलेर नष्ट भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले राससलाई जानकारी दिनुभयो ।

     

    आगलागीमा घरसहित अन्य सामग्री जलेर नष्ट हुँदा रु ५० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीलाई विराटनगर र इटहरीबाट गएको वारुणयन्त्रण, स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रण लिएको छ । आगलागीको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । रासस

    प्रतिक्रिया दिनुहोस