काठमाडौँ । आज सोमबार नेप्से ३.२७ ले उक्लिएर २०७३.५३ बिन्दुमा पुगेको छ । आइतबार १०.६३ले ओरालिएको नेप्से सोमबार केही बिन्दुउक्लिएको हो ।
सोमबार २ अर्ब ८८ करोड बढीको कारोबार भयो । सो रकम बराबरको कारोबर हुन विभिन्न समूहका ७ लाख ४५ हजार कित्ता सेयरको बिक्री भएको सेयर बजारले जनाएको छ ।
यसअघि आइतबार नेप्से नेप्से परिसूचक १० दशमलव ६२ अङ्कले घटेको थियो । ३ अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो ।
हिजो ३०४ कम्पनीको ८४ लाख ६ हजार कित्ता सेयर कारोबार भएको थियो । ४१ करोड ६४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार भएको थियो ।