काठमाडौं । आरम्भ चौतारी लघुवित्त संस्था लिमिटेडले चैत ३० गते वार्षिक साधारण सभा बोलाएको छ । यस संस्थाको बुधबार बसेको सञ्चालक समिति बैठकले सभा बस्ने निर्णय गरेको हो । सभा बनेपा पार्टी भेन्यू बनेपा ८, काभ्रेपलाञ्चोकमा बिहान ११ बजेदेखि सुरु हुनेछ । यस लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने जनाएको छ । यस सभामा लाभांश सम्बन्धी कुनै प्रस्ताव छैन । सभामा आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।