Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

पार्टीको परीक्षामा उत्तीर्ण हुनेलाई मात्रै टिकट दिइनेछ : अध्यक्ष ओली


नया सडक

२०८०, चैत ९ शुक्रबार

  • 459
    Shares

  • पार्टीको परीक्षामा उत्तीर्ण हुनेलाई मात्रै टिकट दिइनेछ : अध्यक्ष ओली

     

    भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनता र पार्टीको काममा सक्रिय व्यक्तिलाई मात्र पार्टीले उम्मेदवार बनाउने बताउनुभएको छ ।   

    एमाले बागमती प्रदेशले आज मध्यपुरथिमि बोडेस्थित कृषि विकास बैंकको तालिम हलमा आयोजना गरेको  बागमति प्रदेशस्तरीय जनप्रतिनिधिहरुको प्रशिक्षणमा उहाँले अब पार्टी सदयताकै आधार बनाएर टिकट नदिइने बताउनुभयो । 

     

    पार्टी सदस्यता लिएको यति वर्ष भयो भनेर सदस्यता लिएको वर्ष गनेर टिकट वितरण नहुने बताउँदै उहाँले देश, जनता र पार्टीका काममा निरन्तर लाग्नेलाई मूल्याङ्कनका आधारमा पार्टी र चुनाबमा टिकट दिने बताउनुभयो । 

     

    अध्यक्ष ओलीले भन्नुभयो, “देश र जनताका काममा सक्रिय भएर लाग्नुस् । समाजको बिकासमा लाग्नुस् । पार्टीको काममा सक्रिय भए मात्रै टिकट पाइन्छ । अब आउने पार्टीको अधिवेशनमा होस वा स्थानीय तहदेखि संसदीय निर्वाचनमा होस पार्टीको परीक्षामा उत्तीर्ण हुनेले मात्रै टिकट पाउँछन् ।”

     

    विगतमा पार्टी अधिवेशन एवं महाधिवेशनमा होस कि स्थानीय तहदेखि संसदीय तहसम्म पार्टी सदस्यता लिएको यति वर्ष भयो, उति वर्ष भयो, मैले केही पाइन भनेर टिकट माग्न आउने गरेको स्मरण गर्नुभयो । 

     

    पार्टीले जिल्लामा भेला र प्रशिक्षणको आयोजना गर्ने र ती भेला र प्रशिक्षण पार्टीको परीक्षाका रुपमा अगाडि बढ्ने भन्दै उहाँले देश र पार्टी बनाउन एमालेको नेता तथा कार्यकर्ता एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

     

    एमाले बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेलले तीन दिनसम्म चल्ने प्रशिक्षणमा पार्टीलाई अझै कसरी बलियो बनाएर लैजाने भन्नेबारेमा बृहत छलफल हुने बताउनुभयो ।

     

    प्रशिक्षणमा बागमती प्रदेशभित्रका पालिका प्रमुख, उपप्रमुख, पार्टी अध्यक्षलगायतका एक सयभन्दा बढी नेता तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको एमाले बागमती प्रदेश कमिटीका सहसचिव भक्तकुमारी लामाले जानकारी दिनुभयो ।रासस

    प्रतिक्रिया दिनुहोस