Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

एआईजी बज्राचार्य पछि सीआईबीबाट चार इन्सपेक्टर हटाइए


नया सडक

२०८०, चैत ११ आइतबार

  • 624
    Shares

  • एआईजी बज्राचार्य पछि  सीआईबीबाट चार इन्सपेक्टर हटाइए

    काठमाडौँ । सरकारले   केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत ४ जना इन्स्पेक्टरलाई हटाएको छ ।

    सीआईबीमा कार्यरत रञ्जित लामालाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ  भने  इन्स्पेक्टर वकिल सिंहलाई नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर–१ नक्साल, कृष्ण श्रेष्ठलाई पहरा गण र सुरेश खत्रीलाई प्रहरी हेडक्वार्टरमा सरुवा गरिएको हो ।

    सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले विभागीय कारबाही गर्न सिफारिस गरेपछि मन्त्रिपरिषद्ले यसअघि  एआईजी किरण बज्राचार्यलाई सरुवा गरेको थियो । ६० किलो र भेपमार्फत गरिएको सुन तस्करीको अनुसन्धानमा एआईजी बज्राचार्य नेतृत्वको टिमले त्रुटिपूर्ण अनुसन्धान गरेको आयोगको ठहर छ ।

    चैत २ बाट सीआईबीको प्रमुखमा एआईजी श्यामलाल ज्ञवाली गएका छन् । स्रोतका  अनुसार उनीहरूलाई  एआईजी बज्राचार्य निकट भएको मानिएकाले तत्काल सरुवा गरिएको हो । अझ केहीलाई त्यहाँबाट सरुवा गर्न सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस