Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

वर्तमान राजनीतिक समीकरण जनताको समृद्धि र स्थायित्वका लागि हो : वरिष्ठ उपाध्यक्ष पोखरेल


नया सडक

२०८०, चैत १३ मंगलबार

  • 396
    Shares

  • वर्तमान राजनीतिक समीकरण जनताको समृद्धि र स्थायित्वका लागि हो : वरिष्ठ उपाध्यक्ष पोखरेल

     

    उदयपुर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सरकारमा एमालेसहितको गठबन्धन र समीकरण देश र जनताको समृद्धि तथा राजनीतिक स्थायित्वका लागि गरिएको बताउनुभएको छ ।

     

    उदयपुरको गाईघाटमा आज प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा वरिष्ठ उपाध्यक्ष पोखरेलले वर्तमान गठबन्धन मुलुकको राजनीतिक स्थायित्वका लागि गरिएको बताउनुभयो । देशमा प्रजातन्त्र र गणतन्त्र अझ बलियो र सुदृढ बनाउन वर्तमान समीकरण गरिएको उहाँको भनाइ थियो । एमालेसहितको नयाँ समीकरणको सरकार पूरै कार्यकाल चल्ने तथा भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिका साथ काम भइरहेको वरिष्ठ उपाध्यक्ष पोखरेलले बताउनुभयो । 

     

    भ्रष्टाचारमा संलग्न जो कोहीलाई पनि छाड्न नहुने उल्लेख गर्दै उहाँले कानुनबमोजिम कारबाहीका लागि एमालेले पहल गरिरहेको उल्लेख गर्नुभयो । कोशी प्रदेशमा चाँडै एमालेको नेतृत्वमा नयाँ सरकार बन्ने वरिष्ठ उपाध्यक्ष पोखरेलले बताउनुभयो । एमाले उदयपुरको आजदेखि सुरु हुने नवाँै जिल्ला अधिवेशनमा सहभागी हुन उहाँ यहाँ आउनुभएको हो ।

                       

    कार्यक्रममा एमाले स्थायी समिति सदस्य तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राई, स्थायी समिति सदस्य तथा उदयपुर इञ्चार्ज परशु मेघी गुरुङ, केन्द्रीय सदस्य अम्बिका थापा, एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, सचिव टीकाराम चेमजोङ, एमाले उदयपुरका अध्यक्ष परमेश्वर घिमिरेलगायतको उपस्थिति रहेको थियो । रासस

     

    प्रतिक्रिया दिनुहोस