Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

राज्य व्यवस्था तथा सुशासन समितिमा बोलाएर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई कांग्रेसले राजीनामा दिन भन्यो


नया सडक

२०८०, चैत १४ बुधबार

  • 708
    Shares

  • राज्य व्यवस्था तथा सुशासन समितिमा बोलाएर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई कांग्रेसले राजीनामा दिन भन्यो

    काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले आफ्नो नेतृत्वको राज्यव्यवस्था तथा सुशासन समितिमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोलाएर राजीनामा दिन भनेको छ । कांग्रेसले सहकारी प्रकरणको छानबिन निष्पक्ष गराउनका लागि गृहमन्त्रीबाट रवि लामिछाने बाहिरिनुपर्ने बताएको हो । राज्यव्यवस्था तथा सुशासन समितिको सभापति रामहरि खतिवडाले बोलाएको बैठकमा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले कानुनभन्दा माथि कोही नहुने भएकाले सहकारी ठगीमा नाम जोडिएपछि उपप्रधान तथा गृहमन्त्री लामिछानेले पदबाट बाहिरिनुपर्ने बताए ।

    कांग्रेसले संसद्मा पनि लामिछानेमाथि छानबिनको माग गरिरहेको छ ।नेपाली कांग्रेसका सांसद खतिवडा राज्य व्यवस्था समितिका सभापति हुन्  । पोखरा र बुटवलका सहकारीबाट ग्यालेक्सी टिभीमा रकम लिइएको र त्यसमा रवि लामिछानेको नाम पनि रहेको भन्दै छानबिन सुरु गरेर नसकिन्जेलसम्म पदबाट हट्नुपर्ने कांग्रेस सांसद बडुले बताए ।

    सांसद बडुले भने “ पोखरा र बुटवललगायतका सहरकारीबाट ग्यालेक्सी टिभीमा १० करोडजति रकम गएको भन्ने छ । त्यसमा रवि लामिछानेको नाममा पनि जम्मा भएको भन्ने छ । हामीलाई अचम्म लाग्यो, त्यो व्यक्ति को हो ? नाम मात्रै मिल्या संयोग हो कि ? हाम्रो गृहमन्त्रीको पनि त्यै नाम छ, उहाँ नै हो भने यसमा छानबिन भइरहेको छ । हामी स्पष्ट ढंगले छानबिन गर्छौं भनिरहेको छ । छानबिनको निष्पक्षता र विश्वसनीयतालाई सुनिश्चित गर्न गृहमन्त्री उहाँ नै हो भने निष्पक्ष छानबनिका लागि, छानबिन सुरु गराइहाल्ने र नसकिन्जेलसम्म जिम्मेवारीबाट बाहिरिएर जानु पर्ने हो ।”

    लोकतान्त्रिक गणतन्त्रमा कानुनको शासन स्थापित हुनुपर्ने सांसद बडूले बताए । उनले कोही पनि कानुनभन्दा माथि हुन्न भन्ने बुझ्नुपर्ने बताए । फरार रहेकाविरुद्ध रेड नोटिस जारी भएको भन्ने लामो समय भइसक्दा पनि अहिलेसम्म पक्राउ नभएको भन्दै बडूले आगामी दिनमा कसरी त्यसको समाधान हुन्छ भनेर सवाल सोधेका थिए ।

    प्रतिक्रिया दिनुहोस