Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

पवन गोल्यानलाई दिइएको सीबीफिनको प्रेसिडेन्ट अफ इमिरेट्स पद अवैध


नया सडक

२०८०, चैत १४ बुधबार

  • 528
    Shares

  • पवन गोल्यानलाई दिइएको सीबीफिनको प्रेसिडेन्ट अफ इमिरेट्स पद अवैध

    काठमाडौं । बैक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन)का पूर्व अध्यक्ष पवन गोल्यानको ‘पे्रसिडेन्ट अफ इमिरेट्स’  वैधानिक नभएको भनी खारेज गरिएको छ ।एनएमबी बैंकको अध्यक्षबाट हटेपछि सीबीफिन अध्यक्षको दोस्रो कार्यकाल पूरा गरेका थिएनन् ।

    सीबीफिनमा बैंक संचालक वा अध्यक्षबाट हटेपछि पदबाट स्वतः हट्नु पर्ने भएर गोल्यान हटेका थिए । गोल्यानले  प्रेसिडेन्ट अफ इमिरेट्सको पद प्राप्त गरेका थिए ।सो पदको  कार्यकाल चार वर्षको हुन्छ । तर जिल्ला प्रशासन कार्यालय काठमाडौंले विधान विपरित गैरकानूनी रुपमा पद सिर्जना गरेको भन्दै प्रेसिडेन्ट अफ इमिरेट्को व्यवस्था नै हटाएर ल्याउन चिठी काटेपछि गोल्यानको पद  नरहने भएको हो ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले गरेको सो निर्णयको पत्र गोल्यानलाई पठाइसकिएको जनाइएको छ । सो विषयमा जिल्ला प्रशासनले आजै मात्रै सीवीफिनलाई पत्र पठाएको छ ।यसबारे गोल्यानसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् ।

    प्रतिक्रिया दिनुहोस