Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा


नया सडक

२०८०, चैत १५ बिहीबार

  • 444
    Shares

  • राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा

    काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिनुभएको छ । उपाध्यक्ष अर्यालले राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसमक्ष आज राजीनामापत्र बुझाउनुभएको हो ।

    अर्याल २०७९ माघ २३ गते राष्ट्रियसभाको उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँले राजीनामा पत्रमा आफूले पदमा रहँदा इमान्दार भएर कर्तव्य निर्वाह गरेको उल्लेख गर्दै आफूलाई सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिनुभएको छ ।

    अर्याल नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।रासस

    प्रतिक्रिया दिनुहोस