Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

तारागाउँ रिजेन्सी होटल्सको बोनस शेयर वितरण


नया सडक

२०८०, चैत १६ शुक्रबार

  • 423
    Shares

  • तारागाउँ रिजेन्सी होटल्सको बोनस शेयर वितरण

    काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले ४ प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले पुस २४ गते सम्पन्न २७औं वार्षिक साधारण सभाबाट पारित भएको उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत पछि सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको हो ।  चैत १४ गते बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएको कम्पनीले पुस ११ गतेसम्म कायम शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरिदिएको हो ।

    पुस ११ गतेसम्म धितो राखी कर्जा लिएका शेयरधनीहरूको हकमा उक्त बोनस शेयर कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरूको नाममानै रोक्का जनाई हितग्राही खातामा जम्मा गरिएको कम्पनीको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस