Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

चालु आर्थिकमा सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन


नया सडक

२०८०, चैत १६ शुक्रबार

  • 399
    Shares

  • चालु आर्थिकमा सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

     

    चितवन ।  जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म सात सय ५३ बैंकिङ कसुरका उजुरी परेका छन् ।

     

    कार्यालयको बैंकिङ कसुर शाखाका वरिष्ठ प्रहरी नायब निरीक्षक राम कार्कीका अनुसार विसं २०७९ मङ्सिरदेखि शाखा स्थापना भई बैंकिङ कसुरका निवेदन दर्ता गर्न थालिएको हो । चालु आवमा परेका निवेदनमध्ये एक सय ६५ मुद्दा दर्ता भइसकेको उहाँले जानकारी दिनुभयो ।

     

    शाखामा परेका उजुरीमध्ये २० प्रतिशत आपसी मेलमिलाप हुने गरेको कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “करिब २० प्रतिशतमा आपसी मेलमिलाप हुने गरेको छ । केही छलफलकै क्रममा छन् ।”

     

    निवेदन परिसकेपछि कार्यालयले सम्बन्धित व्यक्तिलाई छलफलका क्रममा बोलाउने गरेको प्रहरी नायब निरीक्षक कार्कीले बताउनुभयो । छलफलमा सहमति भएर पीडितले आफ्नो रकम पाउने सुनिश्चित भएसँगै मिलापत्र हुने उहाँको भनाइ छ ।

     

    कार्कीका अनुसार यस शाखामा रु ५० हजारदेखि रु एक करोडसम्मका उजुरीहरु आएका छन् । नौ लाख मुनिका निवेदनलाई आर्थिक कारोबारको प्रमाण आवश्यक नपर्ने भन्दै त्यसभन्दा माथिका निवेदनको हकमा आर्थिक कारोबारको प्रमाणसमेत आवश्यकपर्ने उहाँले बताउनुभयो । रासस

    प्रतिक्रिया दिनुहोस