Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

संघीयता कार्यान्वयन गर्न  ११७ वटा कानुन बनाउँदै सरकार


नया सडक

२०८०, चैत १६ शुक्रबार

  • 630
    Shares

  • संघीयता कार्यान्वयन गर्न  ११७ वटा कानुन बनाउँदै सरकार

    काठमाडौं । सरकारले संघीयता कार्यान्वयन गर्न   ११७ वटा कानुन बनाउने  विषयहरूको  पहिचान गरेको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभामा यस्तो बताएका हुन् ।

     पहिचान भएका विषयको विधेयकको मस्यौदा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले अध्ययन गरिसकेको बताउँदै प्रधानमन्त्री प्रचण्डले   सम्बन्धित मन्त्रालयहरूलाई सम्बन्धित विषयको कानुनको मस्यौदालाई अन्तिम रूप दिएर प्रक्रियामा अगाडि बढाउन भनिएको बताए  ।

    शुक्रबार राष्ट्रिय सभामा संघीयता कार्यान्वयनसँग सम्बन्धित विषयमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री प्रचण्डले पहिचान गरिएका ११७ वटा विधेयकको मस्यौदामध्ये २१ वटा विधेयक पेश हुने क्रममा रहेको जानकारी दिए ।

    प्रहरी समायोजन विधेयक कार्यान्वयनमा अगाडि बढेको, संघीय प्रहरी विधेयकको मस्यौदा अन्तिम चरणमा पुगेको पनि प्रधानमन्त्री प्रचण्डले जानकारी दिए । संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ । 

    प्रतिक्रिया दिनुहोस