Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

त्रिशूलीमा ट्याक्सी खस्दा पाँचको मृत्यु


नया सडक

२०८०, चैत १७ शनिबार

  • 714
    Shares

  • त्रिशूलीमा ट्याक्सी खस्दा पाँचको मृत्यु

    चितवन ।काठमाडौँबाट गोरखातर्फ आउँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई पुरुष, दुई महिला र एक बालिकाको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

    प्रहरीका अनुसार ज्यान गुमाएकाहरूको परिचय खुलेको  छैन । आज बिहान ७ः१५ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक 
    बा२ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट त्रिशूली नदीमा खसेको हो । ट्याक्सीमा कति यात्री सवार थिए भन्ने पनि यकिन नभएको प्रहरीले जनाएको छ । दुर्घटनासम्बन्धी विस्तृत विवरण प्राप्त हुन बाँकी छ । 

    प्रतिक्रिया दिनुहोस