Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध


नया सडक

२०८०, चैत १८ आइतबार

  • 501
    Shares

  • पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध
    फाइल फोटो

    लमजुङ । पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । लमजुङ र मनाङलाई जोड्ने एकमात्र यस सडकखण्डअन्तर्गत मस्र्याङ्दी गाउँपालिका वडा नं ४  श्रीचौरमा वर्षासँगै पहिरो जाँदा  सडक अवरुद्ध भएको हो ।

    जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईँले पहिरोका कारण सवारीसाधन सञ्चालन हुन नसक्दा यात्रुलाई समस्या भएको बतानुभयो । पहिरोबारे डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयलाई खबर गरिएको तथा अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।रासस

    प्रतिक्रिया दिनुहोस