Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

सिद्वार्थ बैंक र एनबीआईबीच विद्युतीय सवारीमा लगानी सम्झौता


नया सडक

२०८०, चैत १८ आइतबार

  • 543
    Shares

  • सिद्वार्थ बैंक र एनबीआईबीच विद्युतीय सवारीमा लगानी सम्झौता

    काठमाडौं । नेसनल बैंकिङ इन्स्टिच्युट (एनबीआई) र सिद्वार्थ बैंक लिमिटेडबीच ‘नेपालमा विद्युतिय सवारी साधनमा वित्तीय लगानीको सम्भाव्यता’ का बारेमा अध्ययन गर्नका लागि सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा सिद्वार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कंडेल र नेसनल बैंकिङ इन्स्टिच्युटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका हुन् ।सम्झौताअनुसार नेसनल बैंकिङ इन्स्टिच्युटले नेपालमा विद्युतिय सवारी साधनमा वित्तिय लगानीको सम्भावनाका बारेमा अध्ययन अनुसन्धान गरी अध्ययन प्रतिवेदन तयार गर्नेछ ।

    नेपालमा बैंक तथा वित्तीय संस्थामा क्षमता अभिवृद्विका लागि नेपाल राष्ट्र बैंक तथा विभिन्न बैंकहरुको सहभागितामा स्थापित एनबीआईले विभिन्न कार्यक्रमहरु जस्तैः तालिम, सर्टिफिकेशन कोर्ष, सेमिनार,कार्यशाला, गोष्ठिलगायत संचालन गर्दै आइरहेको छ । साथै, यसले पछिल्ला दिनहरुमा अध्ययन,अनुसन्धानका क्षेत्रमा पनि आफ्नो क्रियाशिलता बढाउदै लगेको छ । इन्स्टिच्युटले आगामी दिनमा बैंकिङ तथा वित्तिय क्षेत्रका विभिन्न विषयहरुमा अध्ययन, अनुसन्धान गरि मुलुकका बैंक तथा वित्तिय संस्थाहरुलाई आवश्यक सूचना जानकारी तथा तथ्यांक उपलब्ध गराउने लक्ष्य लिएको छ ।

    प्रतिक्रिया दिनुहोस