Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

एचआइडीसीएलले चैत २५ गतेदेखि कुल १ करोड ७८ लाख ४० हजार १४० कित्ता सेयर लिलामी गर्ने 


नया सडक

२०८०, चैत १८ आइतबार

  • 549
    Shares

  • एचआइडीसीएलले चैत २५ गतेदेखि कुल १ करोड ७८ लाख ४० हजार १४० कित्ता सेयर लिलामी गर्ने 

    काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल)ले चैत २५ गतेदेखि कुल १ करोड ७८ लाख ४० हजार १४० कित्ता सेयर लिलामी गर्ने भएको छ । कम्पनीले संस्थापक समूहको सेयर लिलामीमा बिक्री गर्न लागेको छ । यसमा वैशाख ९ गतेसम्म लिलामीको बोलपत्र पेश गर्न सकिनेछ । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्नुपर्नेछ । यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौं तथा ग्लोबल आइएमई बैंकको शंखमुल नयाँबानेश्वर काठमाडौंबाट बोलपत्र आवेदन फारम लिन र बुझाउन सकिने कम्पनीले जनाएको छ । ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सकिन्छ । 

    प्रतिक्रिया दिनुहोस