Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

ठूलो संख्यामा सचिवहरुको सरुवा , पत्र दिने काम  जारी


नया सडक

२०८०, चैत १९ सोमबार

  • 723
    Shares

  • ठूलो संख्यामा सचिवहरुको सरुवा ,  पत्र दिने काम  जारी

    काठमाडौं । सरकारले ठूलो संख्यामा सचिवहरुको सरुवा गरेको पत्र दिने काम  गरिरहेको छ ।  बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरुको सरुवा गर्ने निर्णय गरेअनुसार अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सचिवहरुलाई पत्र दिने काम हो ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको जल तथा ऊर्जा आयोगमा सरुवा भए भने  आयोगकी सचिव सरिता दवाडीको सिँचाइ सचिवका रुपमा ऊर्जा जलस्रोत तथ सिँचाइ मन्त्रालयमा सरुवा भएको छ ।  भौतिक पूर्वाधार मन्त्रालयको सचिवका रुपमा ऊर्जाबाट गोपालप्रसाद सिग्देल फर्किए भने  ऊर्जा सचिवमा हालका सिँचाइ सचिव रहेका सुशीलचन्द्र तिवारीले जिम्मेवारी पाएका छन् ।

    निर्वाचन आयोगमा सचिव रवीलाल पन्थको युवा तथा खेलकुद मन्त्रालयबाट  सरुवा भएको छ ।

    पहिलोपटक कुनै मन्त्रालयमा सचिवको जिम्मेवारी पाएका उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटीको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनसंख्या प्रशासन मामिला सचिवका रुपमा सरुवा भएको छ ।

    उद्योग,  वाणिज्य तथा आपूर्ति मन्त्रालयको उद्योग मामिला हेर्ने सचिवका रुपमा वित्त आयोगका सचिव कृष्णबहादुर राउत  सरुवा गरिएको छ भने   उद्योग सचिव रहेका मुकुन्द निरौलालाई उपराष्ट्रपतिको कार्यालयको सचिव बनाइएको छ ।

    मधेश प्रदेशका प्रमुख सचिव दिनेशकुमार घिमिरे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य मामिला हेर्ने सचिवका रुपमा सिंहदरबार भित्रिएका छन् भने  बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको छ ।

    स्रोतले दिएको जानकारी   जानकारी अनुसार  वाणिज्य सचिव रहेका नारायणप्रसाद शर्मा दुवाडीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरूवा भएको छ । अन्यको सरुवाबारे खुल्न बाँकी रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस