Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

एमाले सिन्धुपाल्चोकको अध्यक्षमा श्रेष्ठ


नया सडक

२०८०, चैत २० मंगलबार

  • 462
    Shares

  • एमाले सिन्धुपाल्चोकको अध्यक्षमा श्रेष्ठ

     

    सिन्धुपाल्चोक ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)सिन्धुपाल्चोकको अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित हुनुभएको छ । आज सम्पन्न मतगणनामा श्रेष्ठ तीन सय ६३ सहित निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक शारदाप्रसाद सापकोटाले जानकारी दिनुभयो । श्रेष्ठका प्रत्यासी कमल नेपालले तीन सय ४९ मत प्राप्त गर्नुभयो । 

     

    नयाँ नेतृत्वका लागि भएको मतदानमा कुल सात सत १३ खसेको थियो । चौताराको आहालडाँडामा मतदान प्रक्रिया सकिएपछि एमाले पार्टी कार्यालयमा मतगणना भएको थियो । 

     

    उपाध्यक्षमा तीन सय ४५ मतसहित अर्जुनकुमार भण्डारी निर्वाचित हुनुभयो । उहाँका प्रत्यासी  विष्णुमणि आचार्यले तीन सय सात मत प्राप्त गर्नुभयो । 

     

    सचिवमा कृष्णगोपाल तामाङ चार सय तीन मतसहित विजयी हुनुभयो भने प्रत्यासी यज्ञराज सापकोटाले दुई सय ७० मत पाउनुभयो । उपसचिव खुलातर्फ शिवहरि सापकोटाले तीन सय ३६ मतसहित विजयी हुँदा प्रत्यासी विजयकृष्ण श्रेष्ठले तीन सय १३ मत पाउनुभयो ।

     

    महिलातर्फ सुशीला पाख्रिनले चार सय ५६ मत प्राप्त गरी विजयी हुँदा प्रत्यासी शोभा कार्कीले दुई सय आठ मत प्राप्त गर्नुभयो । जनजाति खुलातर्फ दुई सदस्यमा उम्मेदवारी नै परेन । विभिन्न क्लष्टरबाट ५६ जना सदस्य निर्विरोध चुनिएका थिए । पदाधिकारीसहित ४४ पदमा चुनाव भएको निर्वाचन समितिले जानकारी दिएको छ । अधिवेशनमा सात सय ४७ जना प्रतिनिधि थिए ।रासस

    प्रतिक्रिया दिनुहोस