Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसद्वारा सभामुख घिमिरेलाई आफूखुसी एजेन्डा नबनाउन चेतावनी


नया सडक

२०८०, चैत २१ बुधबार

  • 606
    Shares

  • प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसद्वारा सभामुख घिमिरेलाई आफूखुसी एजेन्डा नबनाउन चेतावनी

    काठमाडौं । सहकारी ठगी प्रकरणमा आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा मौजुदा सरकारमा गृहमन्त्रालयको जिम्मेवारीसाथ उपप्रधानमन्त्री बनेका रवि लामिछानेले राजीनामा दिन माग गर्दै आएको   प्रमुख  प्रतिपक्षी नेपाली कांग्रेसले सभामुखलाई आफूखुसी एजेन्डा नबनाउन चेतावनी दिएको छ ।प्रतिपक्षी कांग्रेसले आफूहरुको सहमति बगेर संसदमा कुनै प्रकारका एजेन्डा नबनाउन सभामुख देवराज घिमिरेलाई आग्रह गर्दै  यस्तो चेतावनी दिएको हो ।

    बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सुरुमै कांग्रेसले उठेर विरोध गरे पछि सभामुख घिमिरेले कांग्रेसका महामन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्मालाई बोल्न समय दिएका थिए । शर्माले  संसदमा एजेन्डा तय हुँदा प्रमुख प्रतिपक्षी र कार्य व्यवस्था परामर्श समितिको सहमति हुनुपर्ने बताए ।बुधबार आफूहरुको असहमतिका बाबजुत एजेण्डा राख्न खोजिएको र सभामुखले त्यसलाई सच्याएको पनि उनले बताए ।

    सहकारीको रकम अपचलनबारे आरोपित रहेको भनी कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाउँदै आएको छ । संसदमा उठेका प्रश्नहरुको जवाफ संसदमै दिन चाहेको उपप्रधानमन्त्री लामिछाने बताउँदै आएका छन् ।

    तर, कांग्रेसले लामिछानेलाई प्रतिनिधि सभाको रोष्ट्रममा सुन्न चाहेको छैन् । सहकारीको रकम हिनामिनामा लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गरिनुपर्ने कांग्रेसको माग छ ।

    प्रतिक्रिया दिनुहोस