Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

लगानीमा पहुँच वृद्धि गर्न महालक्ष्मी विकास बैंक र एनआईसी एशिया क्यापिटलबीच सहकार्य


नया सडक

२०८०, चैत २१ बुधबार

  • 564
    Shares

  • लगानीमा पहुँच वृद्धि गर्न महालक्ष्मी विकास बैंक र एनआईसी एशिया क्यापिटलबीच सहकार्य

    काठमाडौँ । महालक्ष्मी विकास बैंक र एनआईसी एशिया क्यापिटलबीच सहकार्य भएको छ।  बैंकका ग्राहकहरुको व्यवस्थित लगानी योजनामा पहुँच अभिवृद्धि गर्न बैंक र क्यापिटलबीच सहकार्य भएको जनाइएको छ।
    एनआईसी एशिया क्यापिटलद्वारा सञ्चालित खुलामुखी योजना-एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको महालक्ष्मी विकास बैंकले वितरण एजेण्टको रुपमा कार्य गर्न एक समझदारी पत्रमा हस्ताक्षर भएको हो।

    महालक्ष्मी विकास बैंकको शाखा सञ्जालहरुको अधिकतम उपयोग गरी लगानीका अवसरहरुको थप विस्तार तथा विविधीकरण हुने लक्ष्य यो समझदारीबाट लिइएको बैंकले जनाएको छ।

    बैंकका अनुसार देशभर रहेका लगानीकर्ताहरुको एनआईसी एसिया डाइनामिक डेप्ट फण्डमा सहज पहुँच भइ वित्तीय समावेशीता तथा वित्तीय सशक्तीकरणको माध्यमबाट समग्र वित्तीय क्षेत्रमा योगदान पुग्ने विश्वाससमेत लिइएको छ।

    प्रतिक्रिया दिनुहोस