काठमाडौँ । आज नेप्से परिसूचक ३ दशमलव ४७ अङ्कले घटेको छ । आज २ अर्ब ५३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।
आज १३ मध्ये जम्मा ३ वटा समूहका सूचक मात्र सकारात्मक रहेको छ । यस दिन ३ सय २२ कम्पनीको ६४ लाख ८१ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २५ करोड ८० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सूर्यज्योति लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः सर्वोत्तम सिमेन्ट्स र गोर्खाज फाइनान्स परेका छन् ।