Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन यही चैत २८ गते


नया सडक

२०८०, चैत २१ बुधबार

  • 531
    Shares

  • राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन यही चैत २८ गते

     

    काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन यही चैत २८ गते बुधबार हुने भएको छ । राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले उपाध्यक्ष पदको निर्वाचनका लागि मिति तय गर्दै सदनमा जानकारी गराउनुभएको हो ।  उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिनुभएपछि सो पद खाली रहँदै आएको थियो ।

     

    उपाध्यक्ष पदको निर्वाचनसम्बन्धी कार्यक्रम प्रकाशन गर्न सभाध्यक्ष दाहालले सङ्घीय संसदका महासचिव पदमप्रसाद पाण्डेयलाई निर्देशन दिनुभयो  ।  

     

    राष्ट्रियसभाको अर्को बैठक यही चैत २८ गते दिउँसो १ः१५ बजे बस्नेछ ।रासस

     

    प्रतिक्रिया दिनुहोस