Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

दाङमा दुई यात्रुवाहक बस ठोक्किँदा २२ जना घाइते


नया सडक

२०८०, चैत २१ बुधबार

  • 468
    Shares

  • दाङमा दुई यात्रुवाहक बस ठोक्किँदा २२ जना घाइते
     
    दाङ । दाङमा आज दुईवटा यात्रुवाहक बस ठोक्किँदा बसमा सवार रहेका २२ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ । वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले दुईजनाको अवस्था गम्भीर रहेको जानकारी दिनुभएको छ । 
     
    गम्भीर रुपमा घाइते हुनेमा गढवा गाउँपालिका–२ का लक्ष्मण थारू र राप्ती गाउँपालिका–२ लालमटियाका ७८ वर्षीय चन्द्र कमल थापा हुनुहुन्छ । थारू दुर्घटनामा परेको एक बसका चालक हुनुहुन्छ । उहाँहरुलाई लमही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । 
     
    लमही नगरपालिका– ३ वनगाउँमा दुईवटा बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । सामान्य घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ । बुटवलबाट सुर्खेत जाँदै गरेको लु१ख ७३६३ नं को बस र तुलसीपुरबाट बुटवल जाँदै गरेको रा १ ख २५८१ नम्बरको यात्रुवाहक बस आज आपसमा ठोक्किएर दुर्घटना भएको थियो । रासस

     

    प्रतिक्रिया दिनुहोस