Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

पिपुल्स पावर कम्पनीको साधारण सभा चैत २० गते , ५० प्रतिशत हकप्रद सेयर प्रस्ताव गर्ने


नया सडक

२०८०, चैत २२ बिहीबार

  • 570
    Shares

  • पिपुल्स पावर कम्पनीको साधारण सभा चैत २० गते , ५० प्रतिशत हकप्रद सेयर प्रस्ताव गर्ने

    काठमाडौं ।  पिपुल्स पावर कम्पनीले दुई वर्षको साधारण सभा एकैपटक बोलाएको छ ।सभा लीसारा बैंक्वेट, नक्साल काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने मुख्य एजेन्डा पेश गर्नेछ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई दिने प्रस्ताव हुनेछ ।सभामा संस्थापक सेयरधनीहरुको तर्फबाट १ जना महिला सहित ५ जना र १ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ । आर्थिक वर्ष २०८०–८१ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ । सभा गर्न कम्पनीले चैत २९ गते बुक क्लोज गर्ने भएको छ । चैत २८ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

    प्रतिक्रिया दिनुहोस