Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

आजको मौसम : कोशी, मधेश र गण्डकी प्रदेशमा पानी पर्ने


नया सडक

२०८०, चैत २६ सोमबार

  • 720
    Shares

  • आजको मौसम : कोशी, मधेश र गण्डकी प्रदेशमा पानी पर्ने

    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू(भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ।
    दिउँसो कोशी प्रदेश र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। देशको पहाडी भू(भागको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू(भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    राति भने कोशी प्रदेश र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी  प्रदेश र गण्डकी  देशका पहाडी भू(भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    प्रतिक्रिया दिनुहोस