काठमाडौं । आज नेप्से परिसूचक १४.८१ प्रतिशतले घटेको छ । आज २ अर्ब १० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।आज सूचीकृत सबै समूहमा गिरावट आएको छ ।यस दिन ३१२ कम्पनीको ५४ लाख ७१ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १७ करोड ५९ लाख रुपैयाँसहित कारोबार रकममा गोर्खाज फाइनान्स अग्रस्थानमा रहेको छ ।आज दोस्रो र तेस्रो स्थानमा क्रमशः सूर्यज्योति लाइफ इन्सुरेन्स र पोखरा फाइनान्स रहेका छन् ।